Comments Add Comment

आफूविरुद्ध अर्धनग्न प्रदर्शन गर्ने व्यक्तिलाई छुटाउन प्रचण्डको निर्देशन

Prachand
२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध अर्धनग्न प्रदर्शनमा उत्रिएका एक युवकलाई छाड्न प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार साँझ प्रचण्ड प्रधानमन्त्री भएको खुशीयालीमा माइतीघर मण्डलामा माओवादी कार्यकर्ताहरुले दीप प्रज्वलन गर्दा एक युवाले अर्धनग्न प्रदर्शन गर्दै प्रचण्डविरुद्ध नारा लगाएका थिए । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी काठमाडौंको स्युचाटार घर भएका श्याम खत्री रहेको प्रहरीले जनाएको छ । प्रचण्डविरुद्ध प्रदर्शन गर्ने एमालेका कार्यकर्ता पक्राउ परेको भनेर समाचार सार्बजनिक भएपछि प्रचण्डले आफ्ना सचिवालयका सदस्यहरुलाई पक्राउ परेकाहरुलाई छुटाउन भनेका थिए । लगत्तै, प्रचण्ड पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बिहीबार बिहान टेलिफोन गरी पक्राउ गरिएका युवालाई छाड्न भनेका हुन् ।

‘असहमति, विरोध, आन्दोलन र समर्थन सबै कुरा लोकतन्त्रकै गहना हुन् । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ भनेर छाड्न भनिएको हो,’ प्रकाशले भने ।

यसअघि भृकुटीमण्डपमा प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरलाई प्रहरीले पक्राउ गरे पनि प्रचण्डले धरौटी राखेर छुटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment