+
+
Shares

धितोपत्र बोर्डले ‘आईओएससीओे’ सदस्यता पायो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २० गते १२:५३

sebon२० साउन, काठमाडौ । नेपाल धितोपत्र बोर्ड इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन (आईओएसीओ)को एसोसिएटेड सदस्य भएको छ ।

यो सदस्यताले नेपाली पुँजीबजारले अन्तरराष्ट्रिय पहिचान पाउने बोर्डको विश्वास छ ।

आईओएसीओले विश्वको करिब ९५ प्रतिशत पुँजीबजारलाई नियमन गर्छ । हालसम्म १२४ राष्ट्र यसको सदस्य बनिसकेका छन् ।

आईओएसीओको सदस्यताले अन्तराष्ट्रिय सेयर लगानीकर्तामा पनि नेपाली पुँजीबजारप्रति विश्वास बढ्ने बोर्डको दाबी छ ।

यसले क्रस बोर्डर कारोबार तथा सूचीकरणका लागि पनि मद्दत पुग्ने बोर्डका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?