Comments Add Comment

कांग्रेसले तीन मन्त्रीको टुंगो लगायो, शेखर परेनन्

Arjun bimalendra, ramesh

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने भएको छ ।

सरकारमा पार्टीको नेतृत्व विमलेन्द्र निधिले गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका निधि उपप्रधानमन्त्री रहेनछन् ।

कांग्रेसबाट आजै मन्त्री हुनेमा अर्जुननरसिंह केसी र रमेश लेखक छन् । तीनै जना देउवा समूहका हुन् ।

केसीले सरकारमा पार्टीको नेतृत्व दावी गर्दै आएका थिए । तर, बिहीबार विहान पार्टी सभापति देउवालाई भेटेपछि उनी नेतृत्व दावी छाड्न सहमत भएका छन् ।

तर, उनले कुन मन्त्रालय लिने टुंगो लागेको छैन । विमलेन्द्र निधिले गहृ मन्त्रालय लिने सम्भावना छ । देउवा निकट स्रोतले भन्यो, ‘मन्त्रीहरुको नाम टुंगो लागेको छ । तर, कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन ।

कांग्रेसले पहिलो चरणको मन्त्री पठाउँदा शेखर कोइराला भने परेनन् । उनी परराष्ट्रमन्त्री बन्ने पक्का जस्तै थियो । तर, अन्तिम समयमा उनलाई सरकारमा पठाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment