Comments Add Comment

माओवादी-कांग्रेसको मन्त्रालय भागवण्डा मिल्यो, कुन दलले के-के पाए ?

prachanda--sherbahadur

२० साउन, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा मिलेको छ ।

कांग्रेसले थप दुई मन्त्रालय दाबी गरेपछि बिहीबार दुई दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, कृषि, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ ।

सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिनेछ । कांग्रेसको भागमा रक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेको छ ।

दुई दलबीच भएको सहमति अनुसार प्रधानमन्त्रीको सपथसँगै पाँच मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट विमेलेन्द्र निधि उपप्रधान तथा गृहमन्त्री बनेका छन् भने रमेश लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका छन् ।

माओवादीबाट कृष्णबहादुर महरा उपप्रधान एवं अर्थमन्त्री हुादा गौरीशंकर चौधरी कृषि र दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment