Comments Add Comment

प्रधानमन्त्री प्रचण्डको चार निर्णयः भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता अनुदान

pracjanda (2) (1)

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् ।

यसअघिका प्रधानमन्त्रीहरुले पदभार ग्रहणपछि एउटा निर्णयमा हस्ताक्षर गर्ने गर्थे । तर, बिहीबार सपथपछि पदभार ग्रहण गरेका प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरे ।

प्रचण्डको पहिलो निर्णय गरिबका लागि सरकार कार्यक्रममा छ । पहिचानका क्रममा रहेका गरिव घरपरिवारको परिचान कार्यलाई सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने निर्णउमा उल्लेख छ । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने प्रचण्डको निर्णयमा उल्लेख छ ।

दोस्रो निर्णय भूकम्प पीडितलाई राहत र पुनर्निर्माणबारे छ । प्रचण्डले ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता अबको ४५ दित्र हस्तान्तरण गर्ने निर्णय गरेका छन् । पुनर्निर्माणलाई शिघ्र कार्यन्यवयन गर्ने निर्णयमा उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डको तेस्रो निर्णय चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र जिल्ला र त्यसमाथिका सरकारी अस्पतालहरुले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्षा यस आर्थिक वर्षबाट सञ्चालन गर्ने उल्लेख छ ।

चौथो निर्णय देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रत्साहन स्वरुप १ हजार दिने प्रधानमन्त्री प्रचण्डको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment