+
+
Shares

सिड्नीमा राजाराम पौडेलले हँसाउने , बिकास र शिखरले नचाऊने

राजन घिमिरे राजन घिमिरे
२०७३ साउन २१ गते ११:५०

australia

अष्ट्रेलियाको सिड्नी अन्य मुलुकको शहरहरुको तुलनामा सर्वाधिक नेपाली सांस्कृतिक कार्यक्रमहरु हुने शहरको रुपमा चिनिदै आएको छ ।

हरेक हप्ता सार्वजनिक विदाका दिन सिड्नीमा कुनै न कुनै कार्यक्रमको आयोजना हुन्छ नै । यसै क्रममा अगष्ट १३ का दिन पनि सिड्नीको हन्सवीमा नेपाली पारिवारिक साँझ नामक सांगितिक कार्यक्रमको आयोजना हुने भएको छ ।

हन्सवी मेमोरियल हलमा हुने यो कार्यक्रममा वरिष्ठ हास्य कलाकार राजाराम पौडेलका साथमा लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक विकास उप्रेती, गायिका सुजाता उपाध्याय र चर्चित संगितकर्मी शिखर सन्तोषको प्रस्तुतिहरु समेटिने भएको छ ।

कार्यक्रममा यतिबेलाको चर्चित गीत र्याफ्टिङ्ग चढेर लगायत अन्य गीत गायक उप्रेतीले गाउने भएका छन् भने शिखर सन्तोषले चर्चित गीतहरु बाँचुञ्जेलीलाई, मलाई पुगेन पुगेनको साथमा पहाडको छुकछुके रेल वोलको गीतहरु सिड्नीबासी नेपालीलाई सुनाउने छन् ।

शिखरले बयालिस बर्ष पछि चर्चित भारतीय गायिका लता मंगेश्करलाई नेपाली गायक रामकृष्ण ढकालसँग बाचुञ्जेलिलाई संगित भरेका हुन् । यो गीत यतिबेला चर्चित छ ।

यसै गरि प्रवासमा रहेर पनि हलचल लगायत विभिन्न एल्वमहरु निकालेर गायक विकास उप्रेतीले आफ्नो नाम अगाडि बढाएका छन् । गायिका सुजाता उपाध्यायले पनि अष्ट्रेलियमा रहेर आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिईरहेकी छन् ।

साथमा वरिष्ठ हास्यकलाकार राजाराम पौडेलको रोचक प्रस्तुति रहने कुरा आयोजक संस्था चियर नेपालका संतोष तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा शब्दमाला नेपालका वालवालिकाको विशेष प्रस्तुति समेटिने छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?