+
+
Shares

प्रचण्डको दिनगन्ती शुरु भइसक्योः बाबुराम

गौरव पोखरेल गौरव पोखरेल
२०७३ साउन २२ गते १७:३७

Baburam-bhattrai

२२ साउन, झापा । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बनेकै दिनदेखि पुष्पकमल दाहाल प्रचण्डको दिनगन्ती शुरु भएको बताएका छन् ।

झापाको बिर्तामोडमा प्रेस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘प्रधानमन्त्री बनेदेखि नै प्रचण्डको दिनगन्ती शुरु भइसक्यो, प्रचण्डको ठाउँमा अरु कोही भएको भए पनि यस्तै हविगत हुन्थ्यो ।’

प्रचण्ड ९ महिने अवधि तोकेर प्रधानमन्त्री बनेको तर्फ लक्षित गर्दै डा. भट्टराईले उनको दिनगन्ती सुरु भएको बताएका हुन् । यसरी ९ महिने अवधि तोकेर प्रधानमन्त्री बन्ने कार्यलाई उनले राजनीतिक अस्थिरताको संज्ञा दिँदै यसको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक रहेको उनको भनाइ थियो ।

अहिलेको परिस्थितिमा प्रचण्डले मुलुकको विकास गर्नसमेत नसक्ने उनले दाबी गरे । ‘२६ वर्षको अन्तरालमा ५ महिनादेखि २९ महिनासम्म २३/२४ वटा सरकार फेरिनुलाई राम्रो मान्न सकिँदैन’, डा. भट्टराईले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुञ्जेल यस्तै अस्थिरताको समस्या रहिरहन्छ ।’

अर्को प्रसङ्गमा डा. भट्टराईले संविधान अपूर्ण हुँदाहुँदै पनि आफूले गणतन्त्रलाई संस्थागत गर्न हस्ताक्षर गरेको बताए । उनले भने, ‘शासकीय स्वरुप, संघीयता लगायतको विषयमा थप बहस र सहमतिको जरुरी छ ।’

अहिलेको संसदीय व्यवस्था नै अस्थिरताको प्रमुख कारण भएको डा. भट्टराईको जिकिर थियो । मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मूख गराउनसमेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

नयाँ शक्ति नेपालको प्रदेश नं. १ को पार्टी भेलाका लागि डा. भट्टराई बिर्तामोेड आएका हुन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?