Comments Add Comment

गोविन्दा भन्छन्-‘अहिलेका हिरोको शरीर चुसेको आँप जस्तो’

govinda
कुनै समय बलिउडमा नायक गोविन्दाको राज थियो । गोविन्दाको नृत्य शैलीका लाखौ फ्यान थिए । बलिउडमा उनलाई नम्बर १ नायक भनिन्थ्यो । तर, अहिले समय परिवर्तन भएको छ । गोविन्दा आफै चलचित्रका लािग अफर आउन छाडेको बताउँछन् ।

उनै गोविन्दाले नयाँ पुस्ताका नायकहरुको बिषयमा चर्को आलोचना गरेका छन् । उनले नयाँ नायकहरुले शरीर बनाउन चाहेको बिषयमा कमेन्ट गरेका हुन् । गोविन्दाले भनेका छन्-‘नयाँ कलाकारहरुमा मात्र सिक्स पैक एब्स देखिन्छ । उनीहरुको अनुहार चुसेर फालेको आँप जस्तो छ ।’

गोविन्दाले अगाडि भनेका छन्-‘पहिलाका नायकहरुको अनुहारमा नै ग्ल्यामर हुन्थ्यो । आज त्यस्तो कुनै नायक नै देखिदैनन्, जसको अनुहार धमेन्द्रको जस्तो होस् ।’
गोविन्दाले आलोचना गर्दै भने-‘जसको शरीर राम्रो छ, उसको अनुहार फुस्रो छ । जसको अनुहार राम्रो छ उसँग गतिलो शरीर छैन ।’

उनले सलमान खान र अक्षय कुमारको प्रशंसा गरे । साथै, उनले जोन अब्राहिम र रणवीर सिंहको शरीरको पनि प्रशंसा गरे । उनले रणवीर सिंह मिहिनेती कलाकार भएको बताउन पछि परेनन् । अक्षय कुमारपछि रणवीर सिंह मिहिनेती भएको गोविन्दाको भनाई छ । उनले बलिउडमा टिक्नका लागि भाग्य र आर्शिवाद चाहिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment