+
+
Shares

सूचना लिक हुँदा भारत पुगे पवन संघाई

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते ६:२८

२६ साउन, काठमाडौं । अवैध लागूऔषध तस्करीको अभियोगमा अनुसन्धानमा परेका चर्चित व्यापारिक घराना संघाई समूहका अध्यक्ष पवनकुमार संघाई विदेश भागेका छन् ।

drugsप्रहरी अनुसन्धान बढाएपछि शक्तिकेन्द्रको आडामा जोगिन विदेश भागेको प्रहरी स्रोतले बताएको छ ।

लागूऔषध व्युरो स्रोतका अनुसार संघाइ हाल छिमेकी मुलुक भारतमा लुकेर बसेका आजको राजधानी दैनिकमा समाचार छ ।

लागू औषध कारोबार गरेको अभियोगमा सो समूहका रतन संघाइलाई पक्रााउ गरेलगत्तैदेखि अध्यक्ष पवनको फोन नेपालमा प्रयोग नभएको कारण उनी विदेश भागेको अनुमान प्रहरीको छ ।

नेपाल भारतमा रहको व्यपारिक प्रतिष्ठान पनि हेर्न मिल्ने गरी उनी भारततर्फ फरार भएका कारण उनलाई गर्न नसकिएको प्रहरीको भनाइ छ ।

आगूऔषध तस्करी गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले एक साताअघि पवन संघाइ र उनको सबै कम्पनीको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?