+
+

थाइल्याण्डको रिसोर्टमा दुई धमाका, एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते ७:३६

hua hin thiland२८ साउन, काठमाडौं । थाइल्याण्डको एक रिसोर्टमा दुईवटा बम विष्फोट भएको छ । विष्फोटमा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विष्फोटमा घाइते हुनेहरुमा विदेशी पर्यटक पनि छन् ।

थाइल्याण्डको ह्वा हिन रिसोर्टमा बम विष्फोट भएको हो । प्रहरीका अनुसार गमलामा बम राखिएको थियो र आधा घण्टाको अन्तरालमा मोबाइल फोनमार्फत् विष्फोट गराइएको थियो ।

थाइल्याण्डको तीन दक्षिणी प्रान्तमा बम विष्फोट हुनु सामान्य मानिन्छ । त्यहाँ चरमपन्थी हमला हुने गर्दछ तर थाइल्याण्डको पर्यटक इलाकामा हमला खासै भएको थिएन ।

उक्त रिसोर्ट विदेशी र थाई पर्यटकबीच निकै लोकपि्रय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?