+
+
Shares

‘ब्रासलेट’ र ‘छक्का पन्जा’ टिमको दौडधुप

गौरव पोखरेल गौरव पोखरेल
२०७३ साउन २८ गते १०:२७

baslet toli dauddhup
काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन् । चलचित्र रिलिज हुने मुख्य शहरहरुमा पुगेर प्रचार गर्न केही निर्माता अग्रसर देखिएका छन् ।

प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा’ र ‘ब्रासलेट’को टिम चलचित्र प्रचारका लागि मोफसल पुगेको छ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा आउँदो भदौ १७ गते रिलिज हुन लागेको चलचित्र ‘ब्रासलेट’ र भदौ २४ मा रिलिज हुने चलचित्र ‘छक्का पञ्जा’का कलाकारहरु प्रचारप्रसारका क्रममा मोफसल पुगेका हुन् । ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला मोफसल पुगेर फर्किसकेका छन् ।

‘ब्रासलेट’को टोली भने अहिले पूर्वका विभिन्न शहरमा पुगेको छ । राजधानीमा भन्दा मोफसलमा चलचित्रप्रतिको क्रेज अझ बढि रहेको भन्दै मोफसलका सञ्चारकर्मी र दर्शकहरुसँग साक्षात्कार गरेको दुबै चलचित्रका निर्माताको भनाई थियो ।

हाँस्य कलाकार निर्मल शर्माको निर्देशनमा बनेको चलचित्र ‘ब्रासलेट’ नारीप्रधान चलचित्र हो । यो चलचित्रमा रमेश उप्रेती नायकका रुपमा छन् भने रजनी केसी नायिकाको भूमिकामा छिन् । तीजको अवसरमा रिलिज हुने चलचित्र ‘ब्रासलेट’ले महिलाहरुको कथा बोल्ने निर्देशक निर्मल शर्माको भनाई छ । नायक रमेश उप्रेती एक दशक भन्दा लामो समयपछि चलचित्र क्षेत्रमा फर्किएका हुन् । यसैले, यो चलचित्र उनका लागि पनि अग्निपरिक्षाको रुपमा रहेको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?