Comments Add Comment

ओलीले फुटाएका मन्त्रालय प्रचण्डले जोड्ने

Prachanda

२८ साउन, काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादीले मन्त्रालयको संख्या केही घटाउने तयारी गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले फुटाएका मन्त्रालयलाई पूर्ववत अवस्थामा ल्याउने दुई दलको तयारी छ । माओवादीका एक नेताले भनेका छन्, ‘हामी केही मन्त्रालय जोड्ने तयारीमा छौं ।’

ओली सरकारले वाणिज्य तथा आपूर्तिलाई फुटाएर अलग-अलग मन्त्रालय बनाएको थियो भने कृषिलाई फुटाएर कृषि र पशुपंक्षी छुट्टा-छट्टै मन्त्रालय बनाएको थियो । यस्तै खानेपानी तथा सरसफाइ नयाँ मन्त्रालय समेत बनाइएको छ ।

कांग्रेस र माओवादीले वाणिज्य र आपूर्तिलाई जोडेर वाणिज्य तथा आपूर्ति र कृषि र पशुपंक्षीलाई जोडेर कृषि मन्त्रालय बनाउने तयारी गरेको एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्ड माओवादी र कांग्रेसका मन्त्रीहरुलाई समेटेर केही दिनमा मन्त्रिरिषद विस्तारको तयारीमा छन् ।

प्रशासनविद् एवं प्रशासन सुधार सुझाव समितिका संयोजक काशीराज दाहालले भने प्रधानमन्त्री प्रचण्डलाई २५ भन्दा बढी मन्त्रालय नराख्न सुझाव दिएका छन् । दाहाल नेतृत्वको समितिले केही समय अघि सरकारलाई बुझाएको प्रतिवेदनमा हालका लागि २५ र प्रदेशहरु बनेपछि १२ मा झार्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment