+
+
Shares

अख्तियार वरपर जुलुस निकाल्न प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २९ गते ६:२८

Akhtiyar२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

हिजो बसेको जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-३) बमोजिम अर्को आदेश नभएसम्मका लागि आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पूर्वमा विशालनगर र हाँडीगाउँ, पश्चिममा गैरीधारा चोक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म निषेधित क्षेत्र तोकिएको जिप्रकाले जनाएको छ ।

डा. गोविन्द केसीका समर्थकले आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आयोगमा धर्ना दिनसक्ने आकालन गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?