Comments Add Comment

न्युजिल्याण्डको लक्ष्यः २०५० सम्ममा ‘मुसामुक्त’

mouseदेशहरुका आ आफ्ना लक्ष्य हुन्छन् । न्युजिल्याण्डले सन् २०५० सम्ममा देशलाई मुसामुक्त बनाउने लक्ष्य लिएको छ ।

वन्यजन्तुको संरक्षणका लागि भन्दै सरकारले सन् २०५० सम्ममा देशबाट सबैखाले मुसा उन्मुलन गर्ने घोषणा गरेको हो ।
न्युजिल्याण्ड हेराल्डको रिपोर्ट अनुसार प्रधानमन्त्री जोनले न्युजिल्याण्डका हरेक कुनाकाप्चा मुसामुक्त होस् भन्ने चाहन्छन् ।

न्युजिल्याण्डमा पाइने विशेष प्रजातिका मुसाहरुका कारण त्यहाँ हरेक वर्ष अढाइ करोड चराचुरुंगीकोे मृत्यु हुने गर्छ । ती मुसाहरु सिकारी मुसा हुन् र चराको सिकार गर्दछन् ।

मुसा उन्मुलन अभियानलाई विश्वकै महत्वकांक्षी अभियान मानिएको छ । मुसासँगै जंगली बिरालोहरुलाई पनि मारिनेछ । तर घरपालुवा विरालोमाथि भने कुनै खतरा छैन ।

न्युजिल्याण्ड सरकारले स्थापना गरेको एक नयाँ कम्पनी प्रिडेटर फ्री न्युजिल्याण्ड अर्थात् सिकारी जिवमुक्त न्युुजिल्याण्डका लागि २ करोड ८० लाख न्युजिल्याण्ड डलर लगानी गर्दैछ । तर देशलाई पूर्णरुपमा मुसामुक्त बनाउनका लागि भने ९ अर्ब डलर लाग्ने बताइएको छ । बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment