+

बार्सिलोना जित्यो, स्वरेज र मुनिरले गोल गरे

२०७३ साउन  ३१ गते ९:३६ २०७३ साउन ३१ गते ९:३६
बार्सिलोना जित्यो, स्वरेज र मुनिरले गोल गरे

Luis Suarez३१ साउन, काठमाडौं । दोस्रो हाफमा लुइस स्वरेज र मुनिरले गरेको गोलको मदतमा स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोनाले सेभिल्लामाथि जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि २-० को जित हात पारेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा डेनिस स्वरेज र टुरानको सहयोगमा स्वरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

लिओनल मेस्सीको सहयोगमा मुनिसले गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भयो ।

दोस्रो लेग बुधबार बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय