Comments Add Comment

विवेक र रोनाली बने मोडल हन्ट नेपाल

model-huunt-nepal

काठमाडौं । काठमाडौं सिनामंगलका १८ बर्षिय विवेक खड्का र काठमाडौ थापाथलीकी २१ बर्षिया रोनाली अमात्य मोडल हन्ट नेपाल २०१६ को उपाधि चुम्न सफल भएका छन् । विवेकले पुरुष तर्फको र रोनालीले महिला तर्फको उपाधि जितेका हुन् ।

६ फिट एक इन्चका विवेकले ३४ र पाँच फिट दुई इन्चकी रोनालीले २५ स्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुन् । रोनालीले शिर्ष उपाधिका साथमा बेष्ट पर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन् ।

दुबै शिर्ष उपाधिका बिजेताले चलचित्र, म्युजिक भिडियोमा अभिनय अवसर पाउने भएका छन् । मोडलिङमा नयाँ आयामको शुरुवात गर्ने उदेश्यले गतबर्षबाट प्रतियोगी  सुरु गरिएको आयोजक नेष्ट मोडलस् नेपालका अध्यक्ष रबी धमलाले बताए ।

पुरुष तर्फ जुवेश डंगोल र उमेश पन्त र महिला तर्फ प्रिती मल्ल र मोनिका रामधाम क्रमश फष्ट रनर अफ र सेकेण्ड रनर घोषित भए । रनवे ,ब्यक्तित्व बिकास, आरजे, भिजे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिभिन्न बिषयको प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए ।

प्रतियोगीतामा पुरुष तर्फ राजु लामा बेष्ट पर्सनालिटी, सुदन राज अमात्य बेष्ट फिजिक्स, बिष्णु घिमिरे मोष्टपपुलर, सिलास राई पब्लिक च्वामईस घोषित भए । त्यस्तै ब्रायन कुवर बेष्टवाक, निश्चल श्रेष्ठ मोष्टफोटोजेनिक, सुदिप सिंखडा मोष्ट डिसिप्लेन, सरोज लामा मोष्टस्टाइलिस भए । महिला तर्फ मोनिका रामदाम बेष्ट फिगर, एलिशा थापा मगर मोष्टपपुलर ,नितिका बुढा पब्लिक च्वामईस , प्रिती मल्ल बेष्टवाक, प्रार्थना थापा मोष्टफोटोजेनिक, भए । बन्सिका शर्मा मोष्ट डिसिप्लेन, एलिजा भट्टराई  मोष्टस्टाइलिस चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment