Comments Add Comment

दीपेन्द्रको पारिश्रमिक २० लाख, ‘लभ लभ लभ’ निर्देशनको तयारी

dipendra k khanal
नेपालमा अब नायक मात्र होइन, निर्देशक पनि महंगा भएका छन् । सफल चलचित्र निर्देशन गर्ने केही निर्देशकले आफ्नो पारिश्रमिक महंगो बनाएका हुन् । चलचित्र ‘पशुपति प्रसाद’को सफलताले अवार्ड नै अवार्ड हात पारेका निर्देशक दीपेन्द्र के खनालले २० लाख पारिश्रमिकमा काम गर्ने बताएका छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘चपली हाइ २’ भदौ ३ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रमा दीपेन्द्रले पारिश्रमिक लिएका छैनन् । तर, यसमा उनले शेयरमा काम गरेका हुन् । दीपेन्द्रले भने-‘चपली हाइट २ काठमाण्डौमा राम्रो चलेको खण्डमा २० लाख भन्दा बढी रकम मेरो भागमा पर्छ ।’

दीपेन्द्र अब नयाँ चलचित्र ‘लभ लभ लभ’ निर्देशनको तयारीमा छन् । भदौ ५ गते यो चलचित्रको औपचारिक घोषणा हुने उनले बताए । यो चलचित्रमा कती पारिश्रमिक लिनु भएको हो भन्ने प्रश्नमा उनले भने-‘यो चलचित्र मैले पशुपति प्रसाद रिलिज नहुँदै साइन गरेको हुँ । यसैले यसमा २० लाख नै पारिश्रमिक त पुगेको छैन ।’ उनले यो चलचित्रको अन्तरराष्ट्रिय अधिकार आफूले नलिएको पनि स्पष्ट पारेका छन् ।

दीपेन्द्रका अनुसार उनलाई दैनिक २० लाख भन्दा बढी पारिश्रमिक दिएर निर्माता चलचित्र अफर गर्न आउँछन् । तर, खनाल भन्छन्-‘सबै चलचित्र गर्ने हो भने महिनामै एउटा हुन्छ होला । तर, म धेरै भन्दा पनि राम्रो चलचित्र गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेको छु ।’

उनले ‘पशुपति प्रसाद’ पछि आफूले २३ वटा चलचित्रको अफर नकारेको पनि खुलासा गरे । अन्राष्ट्रिय अधिकारका बिषयमा उनले भने-‘२० लाख पारिश्रमिक लिएपछि अन्तरराष्ट्रिय अधिकार लिने कुरा हुँदैन ।’

चलचित्र प्रदर्शन अगावै विदेश राइट्स, नेपालमा ‘एमजी’, भीसीडी राइट्स लगायतबाट निर्माताले लगानी सुरक्षित गर्ने भएकाले आफूले २० लाख लिनु जायज भएको उनको भनाई छ । निर्देशक रामबाबु गुरुङले पनि चलचित्र ‘झोले २’का लागि २५ लाख पारिश्रमिक लिएका छन् । निर्देशक निश्चल बस्नेत पनि यही हारहारीमा पारिश्रमिक लिन थालेका छन् ।

स्तरिय चलचित्र बनाएर आफ्नो ब्रान्ड बनाउन सकेको खण्डमा निर्देशकको पारिश्रमिक पनि उच्च हुने सन्देश यी निर्देशकहरुले दिएका छन् । नायक अनमोल केसीले २० लाख पारिश्रमिक लिएर चर्चा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment