Comments Add Comment

पोखरामा सिद्धार्थ सिमेन्टको डिलर तथा इन्जिनियर भेटघाट कार्यक्रम

siddhartha-cement
३२ साउन, काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले पोखरामा लेखनाथ, दमौली, तम्घास, पोखरा साथै स्याङ्जाका डिलर र इन्जिनियरहरुसँग भेटघाट कार्यक्रम गरेको छ्र । सिद्धार्थ ग्रुपका तर्फबाट जगदिश अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल लगायतको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा सिद्धार्थ ग्रुपका संचालक राहुल अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरुलाई प्रस्ट पारेका थिए । पोखरा उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष तथा बाबा हार्डवेयर एण्ड स्यानिटरीका संचालक दिलिपराज श्रेष्ठले पोखरा बजारमा सिद्धार्थ सिमेन्टको उपस्थितिका बारेमा प्रस्ट पार्दै नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएकोमा सिद्धार्थ सिमेन्टलाई धन्यवाद दिए ।

लेखनाथको अधिकारी ग्लास एण्ड हार्डवेयरका संचालक भरतकुमार अधिकारीले नेपालको विकासमा सिद्धार्थ सिमेन्टको भूमिका बारे बोले ।

तनहुँ सिंचाई कार्यालयका इन्जिनियरसुमन भट्टराईले सरकारी कार्यका लागि धेरै नेपाली सिमेन्टहरु टेस्ट गर्दा सिद्धार्थ सिमेन्टलाई आफूले सधैं उच्च गुणस्तरकोे पाएको जानकारी दिए ।

उनँले प्राविधिक, डिलर कम्पनीहरु र सम्पूर्ण नागरिकलाई नेपाली निर्माण कार्यमा पीपीसि र ओपीसिको बारेमा जानकारी पुर्‍याउन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment