४ भदौ, सल्यान । सल्यान वाफुखोलाका किसानहरु आलु खेतिबाट मनग्ये आम्दानी गर्न थालेका छन् । आलु खेति गरेररै वाफुखोलाका किसानहरुले वार्षिक करौडौं रकम भित्र्याउदै आइरहेका छन् ।
आलु खेति गरेर वाफुखोलामा एक घरले न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । आलुखेती गरेर नै यहाँका कृषकहरुले जीवनयापन गर्दै आएको वडा नम्बर-१ का लिलबहादुर वलीले बताए । यहाँकाे वर्षभरिको घरखर्च टार्ने खेति भनेको आलु खेती हो ।
उनले भने,’आलु खेती र पशुपालन यहाँको मुख्य पेशा हो । मैले १८ रोपनी जग्गामा आलु खेती गरेको हुँ । यो वर्ष १ सय ५० क्वीन्टल आलु फलेको छ । केही बेचेँ, केही वेच्न वाँकी छ । बजारको मूल्यमा बिक्री गर्दा ५ लाख हुन्छ ।’
वडा नम्बर-१ का ३६ कमानसिंह वलीले पनि वाषिर्क ४ लाख ५० हजार रुपैयाँ बढीको आलु उत्पादन गर्दै आएका छन् । उनले भने,’आम्दानीको एक मात्र स्रोत आलु खेति भएको छ । ९ जनाको परिवार छ । केटा केटीको पढाइ खर्चसँगै घरब्यवहार चलाउने मेरो आलु खेती नै हो ।’
२०४८ सालबाट वाफुखोलामा आलु खेति शुरु भएको कृषकहरु बताउँछन् । वाफुखोलाका कृषकरु भारतको कालापहाड जान्थे । भारतको सिमला, चण्डीगढ, हिमाञ्चलमा जाँदा ब्यवसायिक रुपमा गरिएको तरकारी खेतीमा संलग्न भए ।
केही वर्ष पहिलेसम्म मकै फल्ने बारीमा आलुखेती गर्दा खिसी गर्ने गरेको वडा नम्बर-२ का अगुवा कृषक गणबहादुर वलीले बताए । सुरुमा खेती गर्दा थोरैले शुरु गरेका थिए । कसैले पनि वाफुखोलामा आलु खेती गर्दा पत्याएका थिएनन् ।
उनले आफ्नोअनुभव सनाए,’वर्षभरि खाने अन्नवाली, मकै उब्जाउने फल्ने बारीमा आलु रोपेर राम्रो गरेन । चाहिने पो काम गर्नु पर्छ भनेर गाउँलेहरुले नै कुरा काट्थे ।’
व्ाडा नम्वर ६ का ७२ वषिर्य हुमलाल वलीले भन्छन्-‘भारतको कालापहाडमा खेती हुने आलु सल्यानमा फल्छ या फल्दैन । पहिलो पटक रोपेर त हेरौ भनेर शुरु गरेका हाैं। राम्रो फल्यो तर यसलाई सवैले खेती गर्न भने एक दशक नै लाग्यो । मकै, गहुँ बाहेक अन्यवाली वाफुखोलामा राम्रो हुदैन्थ्यो । आफूलाई घरायसी रुपमा तरकारीका लागि प्रयोग गर्न केही धान, मकै र गहुँसँग साट्ने काम गर्दथ्यौं । यसका लागि छिमेकी गाउँ विकास समिति दार्माकोट, भल्चौर, ढाकाडाम लगायतका धेरै ठाउँमा आलु र अन्य बाली बीचमा साटफेर गरेको थिएँ ।’
वाफुखोलामा रहेका ७ सय ९९ घरधुरीमध्ये ब्यवसायिक रुपमा ५ सय ५० परिवारले आलु खेती गर्दै आएको समाजसेवी चित्रबहादुर वलीले बताए । उनले भने, ‘यहाँको आम्दानीको स्रोत आलु खेति हो । यसलाई उच्च प्रविधिप्रयोग गरेर धेरै भन्दा धेरै फाइदा लिन कृषि कार्यालयले पहल लिनुपर्दछ । आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना गरिनुपर्छ ।’
यो वर्ष गतवर्ष भन्दा आलुले भाऊ राम्रो पाएको कृषक एव्म स्थानीय ब्यापारी दीपकवलीले बताए । उनले भने,’गत वर्ष २० देखि २२ रुपैयाँ प्रतिकिलो मूल्य पाएका कृषकले यो वर्ष ३० रुपैयाँ प्रति किलो मूल्य पाएको छ ।’
यो वर्ष २२ हजार ५सय वढि आलु किसानहरुले उत्पादन गरेको वलीको भनाइ छ । गएको वर्ष आलु विक्रीबाट पाँच करोड बढी रकम गाउँमा भित्रिएको हो ।
जिल्ला विकास समिति र गाउँ विकास समितिले राप्तीलोक मार्गको खरिबोट हँुदै कोटवारा वाफुखोला सम्म सडक निर्माण गरेको छ । यस्तै रुकुम-सल्यान सीमाना खौला हँुदै वाफुखोलासम्म गरीबी निवारण कोषले सडक निर्माण गरेको छ ।
तर यि दुवै सडक वषर्ायामसँगै वन्द हुने भएकाले बजारसम्म सजिलै आलु लैजान समस्या हुने किसानहरुले वताएका छन् ।
जिल्लाको वाँफुखोला, दमाचौर, शिवरथ, कोटवारा,ढाकाडाम लगायतका गाविसमा आलुखेति गरिदै आएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले जानकारी दिए ।
राप्तीको रुकुम, सल्यान, दाङ,नेपालगञ्ज, भैरहवा लगायतका शहरमा आलु व्यापारीहरुले लैजाने गरेको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया 4