Comments Add Comment

चिनियाँ राष्ट्रपति नेपाल आउने सकारात्मक सन्देश लिएर फर्किए विशेष दूत

Krishna bahadur mahara
४ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा  चीन गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार स्वदेश फर्किएका छन् ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे महराले भने, ‘चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो, दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा भएको छ ।’

आफ्नो चीन भ्रमण फलदायी र उत्साहपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री महराले भने, ‘चिनियाँ राष्टपतिको भ्रमणबारे सकारात्कम सन्देश पाएका छौं ।’

राष्ट्रपतिको भ्रमण कहिले हुने भयो त  भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महराले मिति भने तय भइनसकेको बताए । यसबारे चिनियाँ उच्च नेताहरुको छलफलपछि मात्रै निर्णय हुने महराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment