+
+
Shares

‘वीर विक्रम’को कन्टेन्ट पावर सिंगल र मल्टिप्लेक्समै चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ५ गते १०:४२

daya diya and milan
बिहिबारबाट रिलिजमा आएको मल्टिस्टारर चलचित्र ‘वीर विक्रम’ले उत्साहजनक सुरुवात गरेको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले शुक्रबार र शनिबार चलचित्रले गरेको व्यापार आक्रामक भएको दाबी गरे ।

यो चलचित्रलाई मल्टिप्लेक्स र सिंगल दुबै हलमा रुचाइएको पाइएको छ । काठमाण्डौको गोपीकृष्ण हलले दिएको जानकारी अनुसार शुक्रबार र शनिबार गोपीको ११ सय सिटमा चलचित्र हेर्ने दर्शकको भीड लागेको थियो ।

विशेषगरि, काठमाण्डौका अधिकांश हलमा चलचित्रले पाएका सबै शोमा दर्शकको चाप उच्च देखिएको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन काठमाण्डौका हल-हलमा पुगेका थिए ।

चलचित्रको विषयवस्तुलाई यसको सशक्त हतियार मानिएको छ । सिंगल र मल्टिप्लेक्स दुबै हलमा चलचित्रको कथा दर्शकले मन पराएका छन् । ग्रामिण परिवेशको कथालाई आधुनिकिकरणमा ढालिएकाले पनि मिलन चाम्स यसपटक ‘हँसिया’ भन्दा सफल देखिएका छन् ।

चलचित्रका वितरक गोविन्द शाही र गोपाल कायस्थले पनि व्यापारलाई लिएर सन्तुष्टी व्यक्त गरे । बिहिबार चलचित्रको ओपनिङ सामान्य भएपनि शुक्रबार र शनिबार आक्रामक देखिएको हल संचालकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?