Comments Add Comment

तीजको नाच हेर्न गएका दुर्इको गोली हानी हत्या गर्ने पक्राउ

Dead-Body-Raju-Roka,-Khabar७ भदौ, दाङ ।  प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट साेमबार साँझ पक्राउ गरेको छ ।

पुनले रिसइबीका कारण अाइतबार राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

त्यस्तै प्रहरीले चार दिनअघि मानपुर–८ मङ्गेरी गाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । मानपुर–८ जमेराका २९ वर्षीय चन्द्रवीर चौधरी, १७ वर्षीय राजन चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र मनोज चौधरीलाई सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment