+
+
Shares

फेसबुक संस्थापक जुकरबर्गले गरे १० अर्ब दान

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते ९:०३

Mark zuckerbergगत वर्ष छोरी म्याक्सिमा जुकरबर्ग जन्मिएको अवसरमा फेसबुकको ९९ प्रतिशत शेयर च्यारिटीलाई दान गर्ने घोषणा गरेका फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्ना बाचा पूरा गर्न सुरु गरिसकेका छन् ।

जस अन्तरगत पहिलो चरणमा उनले फेसबुकमा रहेको आफ्नो साढे नौ करोड डलर  अर्थात् १० अर्ब २० करोड रुपैयाँ बराबरको शेयर बिक्रि गरी सो रकम च्यारिटी संस्थामा जम्मा गरेका छन् ।

दी चान जुकरबर्ग फाउन्डेसन र सिजेडआइ होल्डिंग्स एलएलसीले ९५ मिलियन डलर बराबरको फेसबुक शेयर बिक्रि गरेको फोब्र्सले जनाएको छ ।

यो कर नकटाउँदैको मूल्य हो । कर कट्टी लगायतपछि साढे ८ करोड डलर रकम हुन आउनेछ ।

जुकरबर्ग दम्पत्तिले सन् २०१८ सम्ममा प्रतिवर्ष बढिमा १ अर्ब डलर बराबरको फेसबुक शेयर बिक्रि गरी छोरीको नाउँबाट कल्याणकारी कार्यमा खर्च गर्ने योजना बनाएका छन् ।

गत वर्षको डिसेम्बरमा जुकरबर्ग र उनकी श्रीमती प्रिस्सिला चानले चान जुकरबर्ग अग्रसरता नामक कार्यक्रम मार्फत आफुहरुको फेसबुकमा रहेको ९९ प्रतिशत शेयर अर्थात् झण्डै ४५ अर्ब डलर मानव क्षमता विकाश तथा बालबालिकाको समानता प्रवर्द्धनका लागि खर्च गर्न दान गर्ने घोषणा गरेका थिए ।

उनीहरुले सुरु गरेको अभियानबाट बालबालिकामा व्यक्तिगत सिकाइ, रोगको उपचार, मानिसहरुबीच असल सम्बन्ध विकाश गर्ने तथा ससक्त समुदाय निर्माण गर्नमा केन्दि्रत हुने जुकरबर्गको भनाइ छ ।

विश्वको सबैभनदा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकमा अहिले १ अर्ब ७१ करोड प्रयोगकर्ता रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?