Comments Add Comment

चितवनका दर्शकमाथि भरोसा राख्दै ‘ब्रासलेट’का निर्देशक

braslet movie
नेपाली चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको यसका निर्माता तथा निर्देशकले बताएका छन् । चितवनमा आज पत्रकार सम्मेलन गर्दै चलचित्र ‘ब्रासलेट’का निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाएको बताए ।

चलचित्रको प्रचारप्रसारमा लागेको ‘ब्रासलेट’ टिमले आज चितवनका पत्रकारहरुमाझ चितवनका दर्शकमाथि धेरै नै भरोसा रहेको बताएका छन् । तीजका दर्शकलाई केन्दि्रत गरेर भदौ १७ बाट चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्रका निर्देशक निर्मल शर्माले गलत होहल्ला गरेर प्रोपोगाण्डा नगरी भन्नु पर्दा चलचित्रमा मौलिकता दिन खोजिएको बताए ।

चलचित्रकी नायिका रजनी केसीले महिलाहरु पुरुषका लागि कती महत्वपूर्ण छन् भनेर आफ्नो भूमिकाले देखाउन खोजेको उल्लेख गर्दै महिलाको शक्ति आफ्नो भूमिकाबाट चित्रित हुने बताइन् । यसमा नायक रमेश उप्रेतीसँग रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिकामा छन् ।

चलचित्रका नव कलाकार सुगम गुरागाँइले यो चलचित्रबाट डेव्यु गर्न पाउँदा खुसी लागेको बताए । नायक रमेश उप्रेती यसै चलचित्रबाट १२ बर्षपछि चलचित्रमा फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment