Comments Add Comment

स्टर्लिङको गोलमा सिटीको तेस्रो जित

Manchester City१३ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लगातार तेस्रो जित हात पारेको छ । र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा म्यानचेष्टर सिटीले वेष्टहृयामलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा राहम स्टर्लिङ एक्लैले दुई गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा सिटीले सातौं मिनेटमा नै स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । १८ औं मिनेटमा फर्नान्डिन्होले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

५८ औं मिनेटमा वेष्टहृयामका एन्टोनिओले गोल गरे । तर, खेलको अन्तिम मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-१ को जित दिलाएका छन् ।

प्रिमियर लिगमा उपाधिको दाबेदार सिटी, चेल्सी र म्यानचेष्टर युनाइटेडले तीनवटै खेल जितेका छन् । र, समान ९ अंक छ । तर, गोल अन्तरले आधारमा सिटी पहिलो,चेल्सी दोस्रो र युनाइटेड तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment