+
+

प्रचण्डले बोलाए प्रमुख तीन दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १४ गते ८:५३

3 party meeting१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा प्रमुख तीन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस, एमाले र माओवादीको बैठकमा शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भने देशबाहिर भएकाले सहभागी छैनन् ।

एमालेबाट वामदेव गौतमसहितको टोली सहभागी छ भने कांग्रेसबाट रामचन्द्र पौडेलसहितका नेताहरु सहभागी छन् ।

बैठकमा स्थानीय तहको पुनर्संरचना, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?