Comments Add Comment

गमगढीमा उपभोग्य सामान बोकेका ट्याक्टर पुगे

mugu२० भदौ, मुगु । वर्षायाम सुरु भएसँगै विग्रिको सडकका कारण उपभोग्य बस्तु आयातमा समस्या झेलिरहेका मुगुबासीले सडक बनेसँगै राहत महसुस गरेका छन् ।

उपभोग्य समाग्री बोकेका १ दर्जन बढी ट्याक्टर सदरमुकाम गमगढी पुगेपछी मुगुवासीमा खुसी छाएको छ ।

खडेरी पछिको अविरल बषर्ाले सुर्खेतदेखि मुगु पुग्ने मोटर बाटो विभिन्न ठाँउमा आएका बाढी पहिरोले विगि्रएको थियो ।  असारको पहिलो साता देखिमुगु सदरमुकाम सडक सम्पर्कबाट विच्छेद भएको थियो ।

अत्यधिक बर्षाले नाग्म गमगढी कच्चिबाटो बन्द भएपछि गमगढीमा दैनिक उपभोग्य वस्तु लगाएतका सामग्रीहरुको अभाव बढदै गएको थियो । स्थानीयलाई  समेत जिल्ला बाहिर जान कठीन भएको थियो ।

गमगढीमा लामो  वर्षापछि  जोखिम मोलेर मुस्किलले ट्याक्टर पुगेका छन् । सुर्खेत नेपालगञ्ज बाट लोड गरिएका मिनि ट्रक र ट्याक्टर सदरमुकाम गमगढी छेउसम्म पुग्ने गरे पनि बजारमै बषर्ाले बिग्रेको बाटो मरमत गर्ने कसैले चासो नदेखाउदा व्यापारीहरुलाई पसल तथा गोदामसम्म सामान ओसार्न कठिन भएको थियो ।

वर्षा कमहुदै गएकाले यथासक्य सम्पुर्ण बिग्रेको बाटो मर्मत गरि पहिलेको अस्थामा ल्याउन पहल गरिदिनका लागि सम्पुर्ण मुगुवासिहरुको सम्बन्धित निकायहरुसँंग अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment