Comments Add Comment

सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटर माइकल क्लार्कको क्लवबाट खेल्ने

sandeep lamichene (7)

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण गर्ने निश्चित भएको छ ।

साथै १६ बर्षीय लेगस्पिनर लामिछानेले क्लार्कको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने वेष्ट्रन सवर्वस् क्लवबाट २०१६/१७ को सिजन खेल्न पाउनेछन् ।

गत मे महिनामा हङकङमा भएको एक प्रतियोगितामा एकै टोलीबाट खेलेका सन्दीपको प्रदर्शनबाट क्लार्क प्रभावित भएका थिए । त्यतैबेलै उनले राष्ट्रिय टोलीमा व्यस्त नभएको समय पारेर अष्ट्रेलिया आउन सन्दीपलाई आमन्त्रण गरेका थिए ।

नेदरल्याण्ड्स भ्रमणपछि खालि रहेको समयमा क्लवले सन्दीपलाई खेल्न आउन प्रस्ताव गरेको छ । वेष्टर्न सवर्वस् क्लवको बिज्ञप्तिमा क्लार्कलाई उदृत गर्दै भनिएको छ कि ‘सन्दीप क्रिकेटमा संभावना भएका खेलाडी हुन्, यस अवसरले उनको खेलस्तर अझै सुधार्ने अपेक्षा हामीले गरेका छौं ।’

क्लार्कको एकेडेमीबाट उनले प्रशिक्षण आगामी सेप्टेम्बर २६ देखि सुरु हुनेछ । त्यसअघि वेष्टर्न सवर्वस् क्लवबाट क्लार्कसँगै रहेर सन्दीपले मासेमन क्लवबिरुद्ध खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment