Comments Add Comment

अवार्डमा सहभागी हुन शत्रुघन सिन्हा नेपालमा, भने-‘पशुपतिनाथको कृपाले स्वस्थ छु’

सोनाक्षीको बाबु भनेर चिनिदा झनै खुशी छु

satru ghan sinha (3)
बलिउडका चर्चित कलाकार शत्रुघन सिन्हा आज नेपाल आएका छन् । भोली काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन उनी नेपाल आएका हुन् ।

त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सिन्हाले आफू धेरै पटक नेपाल आएको बताए । यहाँको सुन्दरता, नेपालीहरुको सत्कारले आफूलाई आफूलाई सधै लोभ्याउने उनको भनाई थियो । यस्तै उनले आफू पशुपतिनाथको दर्शनका लागि पनि नेपाल आउने गरेको बताए ।

शत्रुघनले भोली आफ्नो बायोग्राफी पुस्तक पनि सार्वजनिक गर्नेछन् । उनले पुस्तकले आफ्नो फिल्मी स्टारडमदेखि राजनीतिक करिअरसम्मलाई चित्रण गरेको बताए ।

नायिका सोनाक्षी सिन्हाको पिता बनेर चिनिदा तपाइलाई कस्तो लाग्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने-‘छोरीको नामबाट म चिनिनु खुशीको कुरा हो । साथमा छोरी पनि मेरो नामले चिनिएकी छिन् ।’
satru ghan sinha (2)
तपाई के खानुहुन्छ भन्ने पत्रकारको एक रमाइलो प्रश्नमा उनले भने-‘सबैभन्दा पहिला खुशी हुन जरुरी छ । म लामो समयदेखि योगा गर्छु, जतिबेला रामदेवको योगा पनि सुरु भएको थिएन । साथमा पशुपतिनाथको कृपाले आराम छु ।’

पत्रकारसँग निकै रमाइलो शैलीमा प्रस्तुत भएका शत्रुघनले छोरी सोनाक्षीले आफ्नो इज्जत, प्रतिष्ठामा रहेर काम गरेको भन्दै उनको प्रशंसा गरेका थिए । उनले काठमाण्डौको सोल्टी होटलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment