Comments Add Comment

दीपक-दीपाको ‘छक्का पन्जा’ रिलिज, हुनसक्छ राम्रो ओपनिङ

priyanka and deepak khet ropai  (5)
बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । काठमाण्डौका मल्टिप्लेक्सहरुमा उच्च शो पाएको यो चलचित्र सिंगल हलहरुमा पनि राम्रो व्यापार हुने अपेक्षा गरिएको छ ।

यसअगाडि ‘६ एकान ६ र वडा नम्बर ६’ बनाएका दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको यो चलचित्रले वेरोजगारीको पीडा र वैदेशिक रोजगारीको कथालाई रोचक तरिकाले उठान गरेको बताइन्छ ।

देशभरका करिब ८० हलबाट चलचित्र रिलिज भएको हो । बिहिबारदेखि नै काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रका बुकिङ उच्च थियो । यसैले पनि यसको ओपनिङ राम्रो हुने विश्वास लिइएको छ ।

कलाकार दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, बुद्धि तामाङ, शिबहरि पौडेल र केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकाेटाकाे मुख्य भुमिका छ ।

काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्समा सिद्धार्थ मल्होत्रा र कट्रिना कैफ अभिनित चलचित्र ‘बार बार देखो’ रिलिज भएको छ । तर, यो चलचित्रलाई नेपाली चलचित्र कमजोर बनाउने विश्लेषण चलचित्र पण्डितहरुको छ ।

शुक्रवारदेखि नै अर्को हिन्दी चलचित्र ‘पि|mकी अली’ पनि रिलिज भएको छ । नवाजुद्दिन सिद्दिकी, अरवाज खान र एमी ज्याक्सनको मुख्य भुमिका रहेको यस चलचित्रको निर्देशन सोहिल खानले गरेका छन् ।

हलिउड फिल्म ‘बेन अर’ पनि आजदेखि नै रिलिज भएको छ । एक्सन जनरामा बनेको यस चलचित्रको निर्देशन टिमुर बेकमामबेटोभले गरेका छन् । ज्याक हस्टन, मोर्गान पि|mम्यान, टिबी केबेल लगायतको यसमा अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment