Comments Add Comment

तेश्रो प्रेमीको खोजीमा कट्रिना

katrina kaif
बलिउडका नायकद्धय सलमान खान र रणबीर कपुरसँग ब्रेकअप गरेकी नायिका कट्रिना कैफ अहिले तेस्रो प्रेमिको खोजीमा छिन् । ‘कुनै पनि मान्छेलाई पटक पटक प्रेम गर्न कसैले पनि रोक्दैन’ भारतीय मिडियासँग कुरा गर्दै कट्रिनाले भनिन्-‘मलाई प्रेममा निकै विश्वास छ, प्रेम नै जीन्दगीको सबैभन्दा महत्वपूर्ण पाटो हो जसले जीन्दगीमा खुसी दिन्छ ।’ त्यसकारण आफू तेस्रो प्रेमीको खोजीमा रहेको उनको भनाई थियो ।

तपाईको त प्रोफेशनल लाइफ भन्दा पर्सनल लाइफको बढी चर्चा हुन्छ किन ? संवाददाताले सोधेको प्रश्नको जवाफ दिँदै उनले करिअर सुरु गरेदेखि नै प्रोफेशनल र पर्सनल लाइफको बराबर चर्चा भएको प्रतिक्रिया दिईन् । त्यहि कारण पत्रपत्रिका समेत थोरै मात्रै पढ्ने गरेको उनको भनाई छ । आफ्नो वारेमा छापिएका समाचारले करिअरमा कुनै असर नपर्ने उनको बुझाई छ । ‘म मेरो वारेमा छापिएका सबै समाचार पढ्दिन’ उनले भनिन् ।

त्यसो त उनको पीआर एजेन्सीलाई रणबीर र उनको सम्बन्धवारे बढी चर्चा गरेको आरोप समेत लाग्न गरेको छ । तर, कट्रिना आफूले कहिल्यै त्यस्तो नगरेको धारणा राख्छिन् । उनी भन्छिन्-‘मैले भन्ने गरेको छु, मेरो वारेमा कुनै त्यस्तो खबर छापिने बित्तिकै प्रमाण सहित जानकारी गराउनु ।’

उनले अहिले पनि सलमानको सम्पर्कमा रहेको बताइन् । कुनै निर्माताले सलमानसँग काम गर्न प्रस्ताव राखेमा सहजै काम गर्ने उनको भनाई छ । ‘कुनै निर्माताले सलमानको हिरोइन बन्न प्रस्ताव राख्यो भने सहजै काम गर्छु, कुनै आपत्ति छैन’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment