+

काठमाडौंमा ‘रेडबुल फुटसल लिग’ हुने

२०७३ भदौ  ३१ गते १८:४६ २०७३ भदौ ३१ गते १८:४६
काठमाडौंमा ‘रेडबुल फुटसल लिग’ हुने

redbull-footsal
३१ भदौ, काठमाडौं । रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा राष्ट्रिय फुटसल टुर्नामेन्ट ‘रेडबुल फुटसल लिग’ काठमाडौं हुने भएको छ ।

प्रतियोगिता मा १६ टिमले सहभागीता जनाउने छन् भने टिमहरुलाई दुई भागमा विभाजन गरी खेलाइने छ । हरेक टिमले होम एण्ड अवे फरम्याटमा १४ खेल खेल्ने आयोजकले जनाएको छ ।

जसमा एउटा टिमले आफ्नै कोर्टमा ७ खेल खेल्ने छन् भने बाहिर गएर ७ लिग खेल खेल्नेछन् । हरेक टिमले हरेक हप्ता २ लेल खेल्नेछन् भने टुर्नामेन्ट काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ ।

लिगमा बिजेता टिमले १० लाख रुपैयाँ नगद जित्ने छ भने सर्वाेउत्कृष्ट खेलाडी र सर्वाेउत्कृष्ट गोलरक्षकले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा आदर्श फुटसल, बानेश्वर रिक्रिस्नल सेन्टर, बीजी बर्दर्स, चउर रिक्रिस्नल सेन्टर, ढुकु फुटसल हब, हरिसिद्धि फुटसल, हाइ वे फुटसल, इम्पेरियल फुटसल, किक अफ फुटसल, किर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुशी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र हृवाइट हर्स फुटसल सहभागी हुनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय