+
+
Shares

जसले बचाए डुंगा पल्टदा २९ को ज्यान

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते ६:५४

३ असोज, काठमाडौं । सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावको कारण ।

Saptakoshiतिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।

केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका आजको अन्नपूर्णमा समाचार छ ।

सप्तकोशीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्दार गरी यी पाँच युवाले सबैको वाहवाही बटुले ।

मृत्युको मुखमा पुगेका २९ जनालाई उद्दार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाई’ भनेर बोलाउन थालेका छन् ।

‘दिउँसै रक्सी खाँदा गाली गथ्र्यौं,’ इन्द्र राईले भने, ‘शनिबार उनले साहसिक काम गरेर गाउँको इज्जत राखे ।’

ठाकुरबारीका यी युवा शनिबार सप्तकोसीमा बाढीले बगाएर ल्याएका दाउरा बटुल्दै थिए । त्यहीँ बेला कोसी टप्पुबाट प्रकाशपुर आउँदै गरेको डुंगा पल्टिएको देखेर उनीहरुले तत्काल २९ जनाको उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?