+
+
Shares

सुपथ मूल्य पसलमा नै कम तौलको सामान

रासस रासस
२०७३ असोज ६ गते ८:२३

supath mulyako pasal (13)६ असोज, काठमाडौँ । चाडबाडलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा नै कम तौलको सामान भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा साल्ट ट्रेडिङले जावलाखेलमा राखेको पसलमा दुई किलोको चिनीको प्याकेटमा २० ग्राम कम भेटेपछि विभागले सामान तौलेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

दुई हप्तादेखि रोकिएको बजार अनुगमन मङ्गलबारदेखि विभागले पुनःतीव्र पारेको छ । गत शनिबारदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

विभागले आज १७ वटा पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरेका, सरकारले तोकेअनुसारको मूल्यसूची नराखेको र सरसफाइ नगरेको भन्दै श्री पोखरा फार्मेसी गोँगङ्बु, आमिन फार्मेसी गोँगङ्बु, कामना फार्मेसी गाेंगङ्बु, युनिभर्सल फार्मेसी टोखा, श्री जय माँ लक्ष्मी मेडिकल हल टोखा, गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्र गाेंगङ्बु, श्री पाटन ओम पोलिकिल्निक लगनखेल, फेमेली माइल डेन्टल केयर सेन्टल लगनखेललाई मूल्यसूची राख्न, दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

विभिन्न स्थानका खाद्य पसलमा गरिएको अनुगमनमा नापतौल मेसिन नभएको, मिति नाघेको खाद्य सामग्री भेटिएको, लेबल नभएको र सरसफाइ नभएको हुँदा श्री पसलमा सेजवाल डिपार्टमेन्टल स्टोर जावलाखेल, भाटभटेनी सुपर स्टोर बौद्ध, मेघा मार्ट खुमल्टार, श्री राम स्टोर खुमल्टारलाई मिति सकिएको सामग्री बिक्री वितरण रोकी नापतौल मेसिन राख्न निर्देशन दिइएको छ ।

बाजेको सेकुवा प्राली बत्तिसपुतली, बाजेको सेकुवा प्राली सिनामङ्गल, श्री बाजेको सेकुवा, कमलपोखरीलाई सरसफाइ गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?