+
+

मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि डेढ करोड निकासा

म्याराथन धाविका मिरा राईलाई ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १८:१८

Pm-office

६ असोज, काठमाडौं । सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । यो १ करोड ४० लाख जस्तो छ,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र (राम) कार्कीले भने ।

मधेसी मोर्चाले केही समय अघि मात्र घाइतेहरुको उपचार खर्चको विल गृह मन्त्रालयमा पेश गरेको थियो ।

मन्त्रिपरिषद बैठकले अल्ट्रा म्याराथन धाविका मिरा राईलाई ५ लाख उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदको बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारीलाई नियुक्त गर्ने र सशस्त्र प्रहरी बलका ६ जना एआईजीको सरुवा तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?