Comments Add Comment

विराटनगर भन्सारबाट लागूऔषधसहित एकजना पक्राउ

७ असोज, मोरङ । मोरङको विराटनगर उपमहानगरपालिका २१ स्थित भन्सार कार्यालयबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित सुनसरीको धरान उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय सविन विकलाई पक्राउ गरेको हो ।

Biratnagar-Bhansarसशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका विकलाई जाँच गर्ने क्रममा उनको साथबाट डाईजल्याव १८ वटा, एभिल १८ वटा र लुपिजेसिक १८ वटा बरामद भएको हो । उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा बेस रामपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले असोज ६ गते उदयपुर जिल्लाको ठोक्सीला १ बाट करीव ४ के.जी. गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मैनामैनी ७ बस्ने ३० वर्षीय इन्द्रबहादुर राई, सोहि जिल्लाको ठोक्सीला २ बस्ने १६ वर्षीय किरण मगर र ठोक्सीला ३ बस्ने २३ वर्षीय युवराज राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment