बलिउडमा अहिले नायिका दीपिका पादुकोण र प्रियंका चोपडाविच युद्ध नै चलेको छ । को भन्दा को उत्कृष्ट भन्ने लडाइले बलिउडका मिडिया तातेका छन् । विशेषगरि, दुबै नायिका हलिउडतर्फ लागेपछि यो प्रतिस्पर्धा अझ चुलिएको हो ।
दीपिका र प्रियंकाविच हलिउड यात्रामा लागेपछि दुश्मनी बढेको चर्चा समेत नचलेको होइन । एक अवार्ड समारोहमा त दीपिकाले प्रियंकासँग स्टेज शेयर गर्न नमानेको चर्चा समेत चलेको थियो ।
यहीविचमा नायिका दीपिका पादुकोणले आफू भन्दा प्रियंका धेरै नै माथि रहेको र उनी बलियो भएको टिप्पणी गरेकी छिन् । दीपिकाले भनेकी छिन्-‘म भन्दा प्रियंका धेरै नै बलियो छिन् ।’
प्रियंकाको काम गर्ने शैलीको आफू फ्यान भएको दीपिकाले बताइन् । बलिउडमा नायिकाद्धय पादुकोण र चोपडाको तुलना खुबै हुने गर्दथ्यो । सायद, दीपिकाको यो जवाफसँग अब तुलनामा ब्रेक लाग्छ कि ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4