Comments Add Comment

पार्टी निर्णय अवज्ञा गर्दै एमाले बारामा गुटगत प्यानलको तयारी

केपी ओली, माधव नेपाल र इश्वर पोखरेल निकटका अलग टिम

१२ असोज, कलैया । एमालेको  स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकले गुटगत निर्वाचनको अन्त्य गर्न पार्टीका कुनै पनि निकायमा प्यानल चुनाव गर्न रोक लगाएको भोलिपल्टै बारामा त्यसको अवज्ञा भएको छ ।

uml_baraएमालेको शिर्ष नेतृत्वले गुटबन्दी अन्त्य गर्दै पार्टी एवं भातृसंगठनको कुनै पनि तहको अधिबेशनमा प्यानल बनाएर निर्वाचन गर्ने वा त्यसो गर्नेलाई कारवाही गर्ने केन्द्रीय कमिटीले निर्णय नै गरिसकेको छ ।

तर यही १२ र १३ असोजमा एमाले बारा जिल्ला कमिटीको अधिबेशनमा बिभिन्न तीन गुटको प्यान नै बनाएर अघि बढने तयारी भईरहेको छ ।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने केन्द्रीय सदस्य बलबिर चौधरी, पूर्व केन्द्रीय सदस्य अच्युत मैनालीले डा. कृष्ण पौडललाई अध्यक्षको उम्मेदबार बनाउने तयारी गरिरहेका छन् ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने सुन्दर बिश्वकर्माले पनि अध्यक्ष पदका उम्मेदबारका लागि तयारी तिब्र गरिरहेका छन् । प्रदेश नं. २ का सदस्य समेत रहेका बिश्वकर्मालाई सांसद, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य दिनेश राई लगायतको साथ समर्थन रहेको छ ।

यसैगरी कलैया नगरपालिका पूर्व मेयर रहेका रबिन्द्रदास श्रेष्ठले पनि अध्यक्ष पदका लागि तिब्र तयारी गरिरहेका छन् । श्रेष्ठलाई पार्टी महासचिव इश्वर पोखरेलको समर्थन रहेको छ । श्रेष्ठलाई जिल्लाबाट कलैया नगरपालिकाका पूर्व उपमेयर, एमाले प्रदेश नं. २ का सदस्य बिनोद साह, पार्टी उपाध्यक्ष बामदेव गौतम निकट मानिने बतहु यादव लगायतको सहयोग एवं समर्थन रहेको एमाले स्रोतले जनाएको छ ।

केन्द्रमा पार्टी अध्यक्ष ओली, उपाध्यक्ष गौतम र महासचिव पोखरेलको एउटै टिम भएकाले अन्त्यमा एउटै टिम हुने बताइए पनि त्यसमा बिनोद साह सहमत देखिएका छैनन् ।

जिल्लामा तेस्रोधार अर्थात महासचिव पोखरेल निकटको छुटै टिम निर्वाचन छुटै रुपमा लड्ने निश्चित भएको छ । कुनै कारणले श्रेष्ठले अध्यक्षमा उम्मेदबारी नदिए आफुले अध्यक्ष पदमा उम्मेदबारी दिएर निर्वाचन लडने तयारी साहले गरेका छन् ।

साह प्रदेश नं. २ का सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत हुदा हुदै कलैया नगरपालिका वडा नं. १ बाट जिल्ला अधिबेशनका लागि प्रतिनिधि समेत भएका छन् । श्रेष्ठले अध्यक्ष पदमा उम्मेदबारी नदिएको खण्डमा साहले अध्यक्ष पक्षमा उम्मेदबारी दिने निश्चित रहेको साह निकटका नेताहरु बताउँछन् ।

अधिबेशनको तयारी

बितग सात बर्षदेखी रोकिएको ९ औं जिल्ला अधिबेशनको तयारी तिब्र रुपमा भईरहेको छ । मधेस आन्दोलन, सदस्य बिबाद सहित बिभिन्न कारणले पटक पटक जिल्ला अधिबेशन गर्ने मिति तोकिए पनि स्थगित हुदै आएको थियो ।

बुधावरदेखि देखी जिल्लाको ऐतिहासिक एवं व्यापारीक नगरी कोल्हवी नगरपालिकामा हुने अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले बाराका प्रचार बिभाग प्रमुख कृष्ण पौडेलले बताए ।

जिल्ला अधिबेशनका लागि जिल्ला भरीबाट चार सय प्रतिनिधि छनौट भएका छन् । शनिबार भएको प्रतिनिधि छनौटमा जिल्लाको महागढीमाई नगरपालिका, गढीमाई नगरपालिका, भगवानपुर, कचोर्वा लगायतका केही वडा एवं गाविसमा बिबाद देखिएको छ ।

मतदाता नामावलीका साथै प्रचार प्रसार, प्रतिबेदन लेखन, मञ्च व्यवस्थापन, आवास, खाना लगायतका तयारी अन्तिम चरणमा पुगेको प्रचार बिभागका सदस्य एवं जिल्ला सदस्यका उम्मेदबार सुभाष साहले बताए ।

अधिबेशनको उदघाटन पार्टी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले गर्ने एमालेले जनाएको छ । अधिबेशनमा पार्टी महासचिव पोखरेल सहित शिर्ष नेताहरुको सहभागिता हुने छ ।

जिल्ला अधिबेशनमा पार्टीका आन्तरिक गतिबिधिका साथै तराई मधेसका मुख्य मुख्य बिषयमा पनि बिशेष बहस हुने भएको छ । अधिबेशनममा पुर्वपश्चिम हुलाकी राजमार्ग, रेलमार्ग, काठमाडौं-तराई मधेस फास्ट ट्याक, बारा दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल, सिमराको सेज, सिम्रौनगढ, गढीमाईको बिकाश लगायतका बिबिध बिकासका मुद्धाका बारेमा छलफल हुने पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य बलबिर चौधरी, सल्लाहकार समितिका सदस्य अच्युत मैनाली, प्रदेश नं.२ का सदस्य सुन्दर बिश्वकर्मा, नेता एम.समिउल्लाह लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment