Comments Add Comment

सिंहदरवारभित्र कसले चरायो खसीबोका ?

simhadurbar_khashi (6)१४ असोज, काठमाडौं । सुरक्षा संवेदनशिलताका कारण देशको केन्द्रीय सचिवालय सिंहदरबारभित्र प्रवेश गर्न जो कोहीलाई मुस्किल पर्छ ।

सिंहदरबार प्रवेशका लागि चारवटा ढोका छन्, त्यसमध्ये दक्षिण गेटबाट सार्वसाधारणका लागि खुल्छ । त्यसका लागि पनि नागरिकता वा पासपोर्ट देखाएर मात्र पुग्दैन, भित्रको कार्यालयबाट पास समेत पठाउनुपर्छ र, सुरक्षा चेकजाँच पछि मात्र भित्र जान पाइन्छ ।

तर, बिहीबार सिंहदरबारभित्र खसीबोकाहरु चरिरहेका थिए । त्यो पनि एक दुई वटा होइन, झण्डै तीन दर्जन खसीबोका थिए ।

simhadurbar_khashi (7)दशैंको मुखमा ती खसीबोका कहाँबाट आए होलान् ? सरकारी कर्मचारीदेखि सिंहदरबारभित्र पुग्ने जो कोहीलाई जिज्ञासा लाग्थ्यो ।

पञ्चायत कालमा बडाहाकिमलाई रिजाउन खसीबोकाको सहायताले चाकडी गरिन्थ्यो । गणतन्त्र पूर्व पनि त्यसको असर देखिन्थ्यो तर, गणतन्त्र आएपछि पनि शासनसत्ता सञ्चालन गर्ने केन्द्रीय सचिवालयका किन र कसरी छिरे ?

बुझ्दै जाँदा थाहा भयो ती खसीबोका त नेपाली सेनाले पो सिंहदरवारभित्र छिराएको रहेको छ ।

simhadurbar_khashi (3)गृह मन्त्रालय पछाडि सिंहदरवारभित्रको सुरक्षाका लागि खटिने नेपाली सेनाको गुल्म छ । त्यहाँ रहेका सैनिकहरुले नै ती खसीबोका लगेका रहेछन् । र, यो खसीबोका दशैंमा त्यहाँ मात्र नभई बाहिर काठमाडौंमा रहेका नेपाली सैनिकका गण तथा गुल्महरुमा लगिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment