Comments Add Comment

पारस र हिमानीको सम्बन्ध सुध्रिएको संकेत

पूर्वराजा ज्ञानेन्द्र पूजाआराधनामा सक्रिय हुने

himani_parash१६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दसैंको अवसरमा पूजा आजामा सक्रिय हुँदैछन् ।

जमरेऔंशीको भोलिपल्ट गणेश मन्दिरको पूजाआजाबाट पूर्वराजा ज्ञानेन्द्रको धार्मिक अभियान सुचारु हुनेछ । ‘आज उहाँले गणेश मन्दिरमा पूजाआजा गरिबक्सने कार्यक्रम छ,’ पूर्वराजाका निजी सचिव फणिराज पाठकले अनलाइनखबरसँग भने- ‘अष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा पूजाअर्चना गरिबक्सनेछ ।’

पाठकका अनुसार अष्टमीका दिन पूर्वराजा ज्ञानेन्द्रले मैतीदेवी, ज्ञानेश्वर लगायत एक दर्जनजति शक्तिपीठको दर्शन गर्ने कार्यक्रम छ ।

त्यसैगरी विगतका वर्षहरुमा जस्तै टीकाका दिन पूर्वराजाले निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको पाठकले बताए ।

हिमानी र पारसको सम्बन्धमा सुधार

यसैवीच पूर्वयुवराज पारस शाह र उनकी धर्मपत्नी हिमानीवीच सम्बन्ध सुध्रिन थालेको संकेत देखिएको छ ।  बैंककबाट फर्किएर आएपछि पनि केही समय अलग्गै बस्दै आएका पूर्वयुवराज पारस शनिबार हिमानी ट्रष्टको कार्यक्रममा सहभागी भए । सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रममा नाचगानसमेत भएको थियो ।

उक्त कार्यक्रमबारे पाठकले अनलाइनखबरसँग भने- ‘सो कार्यक्रम हिमानी ट्रष्टले गरेको हो । र, ट्रष्टले सो कार्यक्रम भूकम्पपीडितहरुका लागि फण्ड जुटाउन आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment