Comments Add Comment

कास्कीको याम्दीमा बस दुर्घटना, दुईको मृत्यु, २६ घाइते

bus accident_pokhara१७ असोज, पोखरा । पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

काठमाडौंबाट वागलुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुल भन्दा करीब ५० मिटर माथि दुर्घटनामा भएको स्थानीय सोम भण्डारीले जानकारी दिएका छन् ।

एकै दिशा वागलुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई विहान ५ बजेर ४० मिनेटमा पल्टिएको स्थानीयबासीले जानकारी दिएका छन् । तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएको प्रहरीको भनाइ छ । बस पल्टिएलगत्तैसँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । बस सडकबाट करीब १० मिटर तल खसेको छ भने बस कुच्चिएको अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment