+
+

संविधान संशोधनमा राप्रपा नेपालको पूवशर्त: हिन्दु राष्ट्र पनि राखौं

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १७:३९

१७ असोज, काठमाडौं । सरकारले मधेसी लगायत दलका नेताहरुको चित्त बुझाउन संविधान संशोधनको तयारी गरिरहेका बेला राप्रपा नेपालका एक नेताले संविधान संशोधनका क्रममा हिन्दु राष्ट्र व्यूताउँनुपर्ने बताएका छन् ।

dilnath_giriसोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गिरीले भने, ‘यसलाई हाम्रो पूर्वसर्त ठाने हुन्छ । मधेसी मोर्चाका मागमात्रै सम्बोधन गरेर समस्या समाधान हुँदैन । ९४ प्रतिशत हिन्दुका मागसमेत संविधान संशोधनमार्फत् सम्बोधन गरियोस् ।’

उनले अघि भने, ‘९ प्रतिशतले संविधानको विरोध गर्दा संशोधन गरिन्छ भने ९४ प्रतिशत हिन्दुको माग सम्बोधन किन नगर्ने ?’

नेता गिरीले संविधान संशोधनका लागि सरकारले अहिलेसम्म राप्रपा नेतासँग छलफलसमेत नगरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?