डीसेम्बर ९ मा रिलिज हुन लागेको नायक रणवीर सिंह र नायिका बाणी कपुर अभिनित चलचित्र ‘वेफिक्रे’को ट्रेलर रिलिज गरिएको छ ।
सोमबार फ्रान्समा आयोजना भएको कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् ।
चलचित्रको ट्रेलरमा रणवीर र बाणीको चुम्बन र बेडसिनलाई महत्वका साथ देखाइएको छ । साथमा चलचित्रमा प्रयोग गरिएका शब्द पनि दोहोर अर्थ लाग्ने खालका छन् ।
चलचित्रको ट्रेलरले मिश्रति प्रतिक्रिया पाइरहेको छ । चलचित्रका दृश्य र बाणी कपुरको बदलिएको अनुहारलाई लिएर ट्विटर, फेसबुक र युटुबमा मिश्रति प्रतिक्रिया आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4