बलिउड नायिका शिल्पा सेट्टीका पिता सुरेन्द्र सेट्टीको निधन भएको छ । मंगलबार बिहान उनको हृदयघातका कारण निधन भएको हो । ७४ बर्षको उमेरमा उनको निधन भएको भारतीय मिडियाले बताएका छन् ।
शिल्पाका पिताको निधनको खबर सुने लगतै बलिउडका कलाकारहरु उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पुगेका थिए । नायिका रविना टन्डन, आर माधवन, हरमन बबेजा लगायतका कलाकार उनलाई श्रद्धाञ्जली दिनका लागि पुगेका थिए । हृदयघात भएलगतै उनलाई धिरुभाई अंवानी अस्पतालमा लगिएको थियो । अस्पतालमा नै उनलाई मृत घोषित गरिएको थियो ।
फिटनेशमा ध्यान दिदै आएकी शिल्पाले लामो समयदेखि पिताको स्वास्थ्यमा पनि ख्याल गर्दै आएकी थिइन् । सुरेन्द्र आफ्नो स्वास्थ्यमा खुबै ख्याल राख्ने गर्दथ्य । उनमा कुनै पनि रोग थिएन । उनको वुधबार बिहान अन्त्येष्टी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4