+
+
Shares

यस वर्ष पाठ्यपुस्तक छाप्न ढिलो हुँदैनः शिक्षामन्त्री पौडेल

विद्यार्थीहरुले समयमै नयाँ पाठ्यपुस्तक पढ्न पाउने दावी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते १०:५९

१ कात्तिक, चितवन । शिक्षामन्त्री धनिराम पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै नयाँ पाठ्यपुस्तक पढ्न पाउने दावी गरेका छन् ।

DR-Paudelविगतमा सरकारको गठन, विघटन, पुस्तक रंगिन बनाउने र कोर्ष परिवर्तनका कारण किताब छाप्न ढिलो भएको भन्दै उनले यस वर्ष ढिलो नहुने दावी गरे ।

‘गत वर्ष जस्तो यस वर्ष समस्या केहि छैन,’ प्रेस सेन्टर चितवनले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘किताब रंगिन बनाउनेभन्दा अलि कति ढिलो भएको हो, पुस्तक समयमा नै पाउँछन् ।’

किताब छाप्ने निर्णय केहि दिनमै हुने भन्दै उनले निजी क्षेत्र र जनक शिक्षाले किताब दु्रत गतिमा छाप्ने बताए ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयको विवाद कसरी मिलाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा मन्त्री पौडेलले कार्यदलले दिएको रिपोर्टका आधारमा यसै महिनाभित्र टुंगो लाग्ने बताए ।

साथै उनले शिक्षा विज्ञहरुले कृषि विश्वविद्यालयलाई नै दिने रामपुर क्याम्पसको सबै स्वामित्व दिने भन्ने सुझाव आएको कारण कृषि विद्यालयले नै पाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?