१ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केन्द्रीय सदस्य शिव कट्टेललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ ।
कट्टेलमाथि गुट परस्त तथा फुट परस्त गतिविधि गरेको आरोप लगाइएको छ ।
यसअघि उनलाई केन्द्रीय समितिको सदस्यताबाट निलम्वित गरिएको थियो । त्यसपछि पनि सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकाले पार्टी सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीवाट निष्काशन गरिएको पार्टी प्रवक्ता हरिभक्त कँडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4