Comments Add Comment

देशभरका ३३ लाख बालबालिकालाई अाज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

२ कात्तिक, काठमाडौ । छ महिना देखि ५ वर्ष उमेरमुनीका बालबालिकालाई आज देशव्यापी रुपमा भिटामिन ‘ए’को औषधि खुवाइँदैछ । यसैगरी, एक वर्ष देखि ५ वर्ष उमेर समुहका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

शाखाले यस वर्ष ३३ लाख बालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने लक्ष्यका साथ देशव्यापी रुपमा भिटामिन ‘ए’को कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते तथा वैशाष ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम आज र भोलि सञ्चालनमा रहनेछ ।

यसैगरी, पोषण शाखाले देशभरका भूकम्प प्रभावित १४ जिल्लालाई मध्यनजर गरी पोषणका अन्य कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई आइरन चक्की वितरण गर्ने, गर्भवती तथा सुत्केरी महिलामा आवश्यक पोषणको कमी भए, नभएको जाँच तथा ५ वर्ष मुनीका बालबालिकाको पोषण जाँच गर्ने लगायतका कार्यक्रम रहेको शाखा प्रमुख गिरीराज सुवेदीले जानकारी दिए ।

उनले यसै कार्यक्रमा आधारित भएर यस पटकदेखि देशभरका बालबालिकाको भिटामिनको अवस्थाबारे बुझ्न एउटा सर्भेक्षणसमेत भइरहेको बताए । उनले भने, ‘देशभरका बालबालिकामा भिटामिनको अवस्था बुझ्नका लागि यस वर्षदेखि हामीले बालबालिकाको सर्भेसमेत गर्दै आएका छौ । यसको नतिजा यसै वर्षको अन्त्यसम्ममा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment