Comments Add Comment

लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी

सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन सर्वोच्चको आदेश

supreme-court-of-nepal

२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी र्फकने तामेलदार शम्भुबहादुर खत्रीसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

तामिलदार खत्रीले बहानाबाजी गरेर म्याद तामेल नगरेको आशंका गर्दै अदालतले सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए १५ दिन जेल र एक हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

सातदिने स्पष्टीकरण सोधिनेमा तामेलदार खत्रीसहित महानगरपालिका वडा नं १० की अधिकृत सरिता राई र खरीदार भेषराज अर्याल छन् । अधिकृत राई र खरिदार अर्यालले म्याद तामेलीमा असहयोग गरेको अदालतको ठहर छ ।

सर्वोच्चले अरोपित तीनैजना कर्मचारी विरुद्ध मुलुकी ऐनको १ सय ११ बमोजिम एक हजार रुपैयाँ जरिवाना र १५ दिन कैद गर्न किन नपर्ने हो, सात दिनभित्र सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्पष्टीकरण सोध्ने आदेश दिएको हो । आदेशमा काठमाडौ तामिलदार खत्रीले अदालतबाट जारी भएको आदेश अनुसार नियमित प्रक्रियाबाट लोकमानको घरमा समयमै म्याद तामेल गर्नुपर्नेमा बहानाबाजी गरेको ठहर गरिएको छ ।

खात्रीले म्याद तामेल नगरेपछि सर्वोच्चले वलदेव महतोलाई लोकमानको घरमा म्याद तामेल गर्न पठाएको थियो । महतोले सोमबार साँझ लोकमानसिंहको घरमा म्याद तामेल गराएको सर्वोच्च अदालतले जनाएको छ ।

यो पनि पढ्नुस् 

अन्ततः तामेल भयो लोकमानको म्याद, मुद्दा पेशीमा चढ्ने बाटो खुल्यो

लोकमानको मुद्दाः अब कसरी अघि बढ्छ ?

सर्वोच्चले लोकमानका ज्वाइँलाई समेत अदालतको अवहेलनामा कारवाही गर्न सक्ने !

लोकमानले पदीय आचरण विपरित काम गरेको गगन थापा र यज्ञराज सुनुवारको आरोप

संसदमा प्रश्न उठ्यो-लोकमान कुन लोकका यमराज हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment