सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

एनसेलको ‘मोबाईल टिभी प्याक’, सस्तो शुल्कमा अनलाइन टिभीको मज्जा !

अनलाइनखबर

ncell-new-axiata१० कात्तिक, काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याकअन्तर्गत एनसेलका सम्पुर्ण पि्रपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।

नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक जस्तो नविन सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुङ्गा स्थापना गरेको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् ।

नेट टिभी, एनआईटिभी स्टि्रम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्टि्रम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ ।

यो मोबाईल टिभी प्याक बुधबारदेखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क रु ३५ तोकिएको छ ।

१ घण्टाको प्याकको रु ६० पर्दछ भने २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः रु १०० रु १५० निर्धारण गरिएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएका छन् ।

यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् ।

प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ ।

प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्टि्रक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । उदाहरणका लागि प्रत्येक पटक लिन मिल्ने १ घण्टाको प्याक खरिद गर्नका लागि ग्राहकले अंग्रेजीमा १ स्पेस अंग्रजीको सानो अक्षरमा एचआर स्पेस अनि अंग्रजीमा ठूलो डी टाइप गरी १७१३३ मा एसएमएस पठाउन सक्छन् ।

त्यस्तै स्वतः नविकरण हुने प्याक लिनका लागि अंग्रेजीमा १ अनि स्पेस नछोडी अंग्रजीको सानो अक्षरमा एचआर टाइप गरि १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् ।

”म्ाोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ”मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकतृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”

आइभिआरद्वारा पनि टिभी प्याक सुचारु गर्न सकिन्छ । सुचारु गरिएको प्याकको अवधि सकिएपछि कर बाहेक प्रति एमबि रु ३ को विद्यमान शुल्क लागु हुनेछ । यदि ग्राहकलाई सुचारु गरिएको प्याक बन्द गर्नुपर्ने भएमा एस्टि्रक १७१३३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सेवा बन्द गर्न सक्नेछन् ।

त्यसैगरी १७१३३ मा एसएमएस गरेर पनि प्याक बन्द गर्न सकिन्छ । जस्तै २ घण्टाको प्याक निष्क्रिय गर्न ग्राहकले अंग्रेजीमा ठूलो आर २ अंग्रेजीमा सानो एचआर सँगसँगै टाईप गरी १७१३३ मा पठाउनु पर्ने हुन्छ ।

२०७३ कार्तिक १० गते ९:३३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • baburam bhatrai लेख्नुहुन्छ    |   २०७३ कार्तिक १२ गते २३:५४

    ncell poisa ko lagi…lutne thagne bahek aru soch audaina tidiharulae….30 minute ko 35 rupia tirnu vanda baru dish home ko lagi poisa jama garera 24 hrs mazale herna painxa….tei vayera nepal lae lutera kangal banaune ber xaina yo ncell le…Ncell Poisa ko lagi

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this