Comments Add Comment

भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने निर्णयको अनेरास्ववियुद्वारा विरोध

१२ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकामा अनेरास्ववियुले आपत्ति जनाएको छ ।

Aneraswobiuसरकारले भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको विद्यार्थी संगठनले विरोध जनाएको हो ।

अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले विज्ञप्ती जारी गर्दे भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा सार्वजनिक विदा दिएकोमा आपत्ति जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ , ‘भारतीय राष्ट्रपति आउदा सार्वजनिक विदा दिने निर्णयले नेपाली जनताको शिर निहुरिएको महशुस भएको छ । नेपाली राष्ट्रियताको विपक्षमा गइ भारतसँग परेको लम्पसार विरुद्ध अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ ।’

एउटा स्वतन्त्र मुलुकले अर्को मुलुकको राष्ट्रपति आउदा सार्वजनिक विदा दिने प्रचलनले कस्तो सन्देश प्रवाह गर्छ ?  भन्दै अनेरास्ववियुले  सार्वजनिक विदाले आम नेपाली सर्वसाधरणको जनजीवनमा, व्यापार व्यवसायमा असरपर्ने भन्दै निर्णय तत्काल सच्याउन आग्रह गरेको छ ।

नेपाली स्वाभिमान विरुद्धको निर्णय तत्काल नसच्याए जस्तोसुकै विरोधका कार्यक्रम गर्न अनेरास्ववियु तयार रहको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी १७ गते तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।  पछिल्लो १८ वर्षमा भारतीय राष्ट्रपतिको याे पहिलो नेपाल भ्रमण हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रचण्डकै प्रस्तावमा भयो भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment